शनिबार, आश्विन १७ गते २०८३

ढिलाे गरी आयाे मौद्रिक नीति, गभर्नरले भने ‘लचिलाे नीति ल्याएका छाैं’


श्रावण ११, २०८१ शुक्रबार
ढिलाे गरी आयाे मौद्रिक नीति, गभर्नरले भने ‘लचिलाे नीति ल्याएका छाैं’

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति जारी गरेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति जारी गर्दै यस आर्थिक वर्षको मौद्रिक नीति लचिलो ल्याएको बताएका हुन् ।  अर्थतन्त्रलाई गतिशील बनाउन सजगतापूर्ण लचिलो मौद्रिक नीतिको कार्यदिशालाई निरन्तरता दिइएको उनले बताए । 

आर्थिक वर्ष २०८१/८२ मा कर्जा विस्तारको लक्ष्य १२.५ प्रतिशत हुने प्रक्षेपण माैद्रिक नीतिकाे छ । निजी क्षेत्रमा जाने कर्जा विस्तारको लक्ष्यलाई गत आर्थिक वर्षको भन्दा १ प्रतिशतले बढाउने लक्ष्य लिएको गभर्नर अधिकारीले बताए । गत आ.व.मा नेपाल राष्ट्र बैंकले लागि ११.५ प्रतिशतको कर्जा विस्तारको लक्ष्य राखेको ५.९८ प्रतिशतको प्रगति भएको थियाे ।

नीतिले उत्पादनशील क्षेत्रतर्फ कर्जा प्रवाह र कर्जाको गुणस्तर सुधारमा जोड दिँदै वित्तीय स्थायित्व कायम हुनेगरी नियामकीय व्यवस्था गरेको छ । समष्टिगत आर्थिक स्थायित्वमा प्रतिकूल असर नपर्नेगरी कर्जा प्रवाहलाई सहज बनाउन मौद्रिक नीति र नियामकीय नीतिबीच तादात्म्यता कायम गरिएको गभर्नर अधिकारीले जानकारी दिए ।