वित्त बजारमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले बुधबार फेरि ४० अर्ब रुपैयाँ उठाउने भएको छ । तरलता व्यवस्थापनका लागि २१ दिने निक्षेप संकलन उपकरणमार्फत मार्फत तरलता प्रशोचन गर्न लागेको हो ।
निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् । बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि गर्न सकिने व्यवस्था छ ।
नेपाल राष्ट्र बैंकद्घारा खुला बजार कारोबारमार्फत तरलता प्रवाहको निम्ति रिपो र सोझै खरिद उपकरणको प्रयोग गर्छ भने तरलता प्रशोचनको लागि रिभर्स रिपो, सोझै बिक्री, निक्षेप सङ्कलन र नेपाल राष्ट्र बैंक ऋणपत्रको प्रयोग गर्ने गरेकाे छ।
नेपालपत्र संवाददाता