शुक्रबार, कार्तिक ७ गते २०८३

नवजागरण सहकारीको वित्तीय सुचाङ्कमा वृद्धि, कुल सम्पत्ति ७४ करोड नाघ्यो

श्रावण ७, २०८१ सोमबार
नवजागरण  सहकारीको वित्तीय सुचाङ्कमा वृद्धि, कुल सम्पत्ति ७४ करोड नाघ्यो

नवजागरण बचत तथा ऋण सहकारी संस्थाको समग्र वित्तीय सुचाङ्कहरुमा वृद्धि भएको छ । संस्थाले प्रकाशित गरेको गत आर्थिक वर्षको असार मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणले वृद्धि देखाएको हो । गत आर्थिक वर्षको तुलनामा  संस्थाको कुल सम्पत्तिमा वृद्धि भएको व्यवस्थापक रमेश उदासले जानकारी दिए । सदस्यहरुको विश्वासको कारण संस्थामा बचतको मात्र उल्लेख बढेको उनको भनाई छ ।

गत असार मसान्तसम्म शेयर पुँजी ६ प्रतिशतले वृद्धि भई ४ करोड ४८ लाख ४० हजार,जगेडा कोष ८.६८ प्रतिशतले वृद्धि भई ६ करोड ४७ लाख ६२ हजार र अन्य कोषहरुमा ०.८९ प्रतिशतले वृद्धि भई ६६ लाख पुगेको छ । त्यसैगरी बचत संकलन ७८.२० प्रतिशतले वृद्धि भई ५८ करोड ३३ लाख ५३ हजार, ऋण लगानी ५२.८६ प्रतिशतले वृद्धि भई ३९ करोड ४३ लाख ५२ हजार र कुल संस्थागत  पुँजी ८.८७ प्रतिशतले वृद्धि भई ६ करोड ६२ लाख पुगेको छ । संस्थाको विभिन्न बैक तथा वित्तीय संस्थामा गरेको लगानी ४७.२९ प्रतिशतले बढेर  २७ करोड ५८ लाख ७७ हजार पुगेको छ ।

संस्थाले असार मसान्तसम्म ३ करोड ७९ लाख ५८ हजार तरलता राखेको छ । मासिक रुपमा सदस्यहरुबाट बचत संकलन हुने र ऋणको माग कम भएकाले संस्थाले  सिमित रकम मात्रै तरलताको रुपमा राखेको छ । ९ हजार ८६४ जना शेयर सदस्य रहेको संस्थामा ७३० जना सदस्यले ऋण उपभोग गरेको छन् । संस्थाले ऋण लगानीको क्षेत्र पहिचान गरी सदस्यहरुमा ऋण लगानी बढाउनु पर्ने अहिलेको आवश्यकता देखिएको छ । यस अवधिमा संस्थाको कुल सम्पत्ति ७४ करोड ५९ लाख ९१ हजार पुगेको छ । 

  • सम्बन्धित विषय:

  • # नेपालपत्र संवाददाता