वीरेन्द्रनगर बचत तथा ऋण सहकारी संस्थाले प्रतिकूल अवस्थाको वावजुद पनि समयमा नै वार्षिक खातावन्दीको काम सम्पन्न गरेको छ । सहकारी विभागले गत आर्थिक बर्षको ऋणको ब्याज साउन १५ गतेसम्म भुक्तानी गरेमा उक्त ब्याज समेत यसै आ.व.को आयको रुपमा गणना गर्न सक्ने सुविधा दिएकाे थियो ।
तर संस्थाले भने असार मसान्तमा नै खाताबन्दीको काम सम्पन्न गरेको हो । संस्थाका प्रमुख कार्यकारी अधिकृत छत्र बहादुर थापाले गत असार मसान्तमा संस्थाको कुल सम्पत्ति १ अर्ब ३१ करोड ५४ लाख ३८ हजार पुगेको बताए। संस्थाले ८३ करोड ३६ लाख ७७ हजार बचत संकलन गरी ९८ करोड १३ लाख २७ हजार ऋण लगानी गरेको उनले जानकारी दिए। गत आर्थिक वर्षको असार मसान्तसम्म संस्थाको शेयर पुँजी १५ कराेड ४ लाख १७ हजार र विभिन्न काेषहरूमा गरेर १२ कराेड ७८ लाख ३८ हजार रहेकेा छ ।
संस्थाले १८ कराेड १५ लाख ९८ हजार रूपैया विभिन्न संघसंस्थाबाट ऋण लिएकाे छ। संस्थाले त्यस अवधिमा २ करोड २ लाख ७५ हजार सञ्चालन नाफा आर्जन गरेकाे छ ।
असहज परिस्थितिका बीचमा पनि संस्थालाइ वित्तीय रूपमा सबल बनाउन सहयाेग गर्ने शेयर सदस्य, सञ्चालक समिति र कर्मचारीहरूलाइ संस्थाले धन्यवाद दिएकाे छ ।
नेपालपत्र संवाददाता