शनिबार, कार्तिक ८ गते २०८३

नागरिक लगानी कोषले १४ प्रतिशत बोनस शेयर दिने

श्रावण १, २०८१ मंगलबार
नागरिक लगानी कोषले १४ प्रतिशत बोनस  शेयर दिने

नागरिक लगानी कोषको २९ औं वार्षिक साधारणसभा  सम्पन्न भएको छ । सभाले आर्थिक बर्ष २०७९/८० को  नाफाबाट १४ प्रतिशत बोनस सेयर र शून्य दशमलव ७३ प्रतिशत नगद लाभांस स्वीकृत गरेको छ ।

.सभाले  आ.व. २०७९र८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरेको छ ।  सभामा कोष सञ्चालक समितिका अध्यक्ष थापाले  वित्तीय बजार र पुँजी बजारमा कोषले नेतृत्वदायी भूमिका  खेल्दै आएको बताए । कार्यक्रममा कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्कीले कोषको वस्तुस्थिति बारे जानकारी दिए ।

साधारण सभामा प्रस्तुत विवरण अनुसार आर्थिक वर्ष २०८०/८१ को चैत मसान्तसम्म कोषको खुद कोष मौज्दात रकम २ खर्ब ४८ अर्ब १ करोड रुपैयाँ पुगेको छ । त्यस  अवधिमा कोषले २ खर्व ३६ अर्ब ८० करोड रुपैयाँ लगानी गरेको जनाएको छ ।  

  • सम्बन्धित विषय:

  • # नेपालपत्र संवाददाता