शनिबार, आश्विन १७ गते २०८३

प्राइम बैंकले ३ अर्ब बराबरकाे ऋणपत्र जारी गर्दै, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल


आषाढ २८, २०८१ शुक्रबार
प्राइम बैंकले ३ अर्ब बराबरकाे ऋणपत्र जारी गर्दै, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल

प्राइम कमर्सियल बैंकले ३ अर्ब रुपैयाँ बराबरको ‘८ प्रतिशत प्राइम डिबेञ्चर २०९१’ नामक ऋणपत्र निष्कासन गर्ने भएको छ । 

बैंकले १० वर्षे अवधि तथा वार्षिक ८ प्रतिशत ब्याजदर भएको ऋणपत्र अंकित मूल्य १ हजार रुपैयाँका दरले ३० लाख कित्ताले हुने रकम ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात १८ लाख कित्ताले हुने रकम १ अर्ब ८० करोड रुपैयाँ ऋणपूँजी व्यक्तिगत तवरबाट बिक्री गर्ने भएकाे छ । त्यसैगरी, ४० प्रतिशत अर्थात् १२ लाख कित्ताले हुन आउने रकम १ अर्ब २० करोड रुपैयाँ ऋणपूँजी भने सर्वसाधारणमा बिक्री गरिने छ ।

बैंकले ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धक र डिबेञ्चर ट्रष्टीमा सानिमा क्यापिटललाई नियुक्त गरेको छ । उक्त कार्यका लागि कम्पनीका प्रमुख कार्यकारी अधिकृत सञ्जिव मानन्धर तथा सानिमा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्म राज चालिसेले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।