शनिबार, आश्विन १७ गते २०८३

सबै प्रदेशमा सिटिजन्स बैंकका लर्निङ सेन्टर सञ्चालन


आषाढ २५, २०८१ मंगलबार
सबै प्रदेशमा सिटिजन्स बैंकका लर्निङ सेन्टर सञ्चालन

 

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सातै प्रदेशमा लर्निङ सेन्टर सञ्चालनमा ल्याएको छ । बैंकका प्रदेश कार्यालयका भवनमा लर्निङ सेन्टर शुरू गरिएको हो  हो । 

मंगलबार बैंकको मुख्य कार्यालयमा आयोजित एक समारोहका बीच बैंकका सञ्चालक समितिका अध्यक्ष प्रबलजंग पाण्डेले भर्चुअल रुपमा लर्निङ सेन्टरहरुको उद्घाटन गरे । अध्यक्ष पाण्डेले बैंकले स्थापना गरेको लर्निङ सेन्टरमा कार्यक्रमहरु संचालन गर्न सहजता हुने र सञ्चालन भएका कार्यक्रमहरुले कर्मचारीहरुको व्यक्तित्व र क्षमता विकासमा मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

कोशी प्रदेशको विराटनगर, मधेश प्रदेशको जनकपुर, बागमती प्रदेशको काठमाडौं, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको बुटवल, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा ‎एकसाथ सबै लर्निङ्ग सेन्टरहरु शुरूवात बैंकले गरेको हो । 

लर्निङ सेन्टरबाट कर्मचारीहरुलाई तालिम प्रदान, प्रादेशिक स्तरका कार्यक्रमहरु सञ्चालन, बैठक तथा गोष्ठीहरु गरिने  बैंकले जनाएको छ।