मंगलबार, कार्तिक ११ गते २०८३

सहकारी महासंघद्वारा किसान बहुउद्देश्यीयलाई ‘उत्कृष्ट सहकारी’ पुरस्कारबाट पुरस्कृत


आषाढ २३, २०८१ आइतबार
सहकारी महासंघद्वारा  किसान बहुउद्देश्यीयलाई ‘उत्कृष्ट सहकारी’ पुरस्कारबाट  पुरस्कृत

राष्ट्रिय सहकारी महासंघले कैलालीको लम्कीमा रहेको किसान बहुउद्देश्यीय सहकारी संस्थालाई पुरस्कृत गरेको छ । महासंघले  १०२औं अन्तराष्ट्रिय सहकारी दिवसको अवसरमा  सुदूरपश्चिम प्रदेशको उत्कृष्ट सहकारी संस्थाका रूपमा  उक्त संस्थालाई पुरस्कृत गरेको हो ।  महासंघले आयोजना  गरेको  औपचारिक कार्यक्रमका   प्रमुख अतिथि उपप्रधान तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले संस्थाका अध्यक्ष सुरेन्द्र कुमार शाहलाई पुरस्कार प्रदान गरेका थिए ।

संस्थाले सहकारी व्यवसायको माध्यमबाट बित्तीय तथा अन्य विविध सेवा प्रदान गरी सदस्यहरुको आर्थिक तथा सामाजिक रुपान्तरणमा योगदान पुर्‍याएको भन्दै उत्कृष्ट सहकारी पुरस्कारबाट पुरस्कृत गरेको हो ।  संस्थालाई सुदूरपश्चिम प्रदेशकै उत्कृष्ट सहकारी संस्था बनाउन  सहयोग गर्नुहुने सम्पूर्ण शेयर सदस्य , कर्मचारी, सञ्चालक समितिका पदाधिकारी तथा शुभचिन्तकहरुलाई संस्थाले धनयवाद ज्ञापन गरेको छ ।