शनिबार, आश्विन १७ गते २०८३

स्याङ्जाको वालिङमा सिटिजन्स बैंकको शाखा


आषाढ २१, २०८१ शुक्रबार
स्याङ्जाको वालिङमा सिटिजन्स बैंकको शाखा

सिटिजन्स बैंक इन्टरनेसनलले स्याङ्जाको वालिङमा सञ्चालनमा ल्याएको छ । वालिङमा शुक्रबार आयोजित एक कार्यक्रमकाबीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले नयाँ शाखाको शुभारम्भ गरे । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत पोखरेलले ग्राहकहरूलाई उत्कृष्ट सेवा सुविधा पुर्‍याउने क्रममा स्याङ्जा जिल्लामा पहिलो पटक सेवाको सुरुवात गरेको र स्थानीयबासीबाट भरपुर साथ र सहयोग पाउने आशा राखेको साथ बैंकले पनि सेवामा कुनै कमी हुन नदिने कुरा व्यक्त गरे ।

बैंककाे १९४औं उक्त शाखाको उद्धघाटन समारोहमा स्थानीय निकायका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको उपस्थिति रहेको थियो । सुविधा सम्पन्न यो शाखा मार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवा प्रदान गर्नुका साथै साना तथा कर्पोरेट व्यवसायीहरु माझ वित्तीय पहुँच पुऱ्याउने लक्ष्य बैंकले राखेको छ ।

नयाँ शाखा सञ्चालनको अवसरमा यो शाखामा खाता खोल्दा कर्पोरेट मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ जस्ता सेवाहरु पहिलो वर्ष निशुल्क प्राप्त गर्न सकिने बैंकले जनाएको छ । डिम्याट खाता खोल्दा लाग्ने शुल्कमा पहिलो वर्षको लागि छुटको व्यवस्था रहेको छ । साथै लकर सुविधा लिँदा लकर अनिवार्य मौज्दातमा २५ प्रतिशत र पहिलो वर्ष लकर शुल्कमा ५० प्रतिशत छुट बैंकले उपलब्ध गराउनेछ ।