वित्तीय बजारमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले निक्षेप तान्ने भएको छ । राष्ट्र अनुसार बैंकिङ प्रणालीमा अहिले ९२ अर्ब रुपैयाँ अधिक तरलता छ ।
तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले बुधबार ५० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गर्ने भएको हाे । २१ दिनमा परिपक्व हुने उक्त उपकरण प्रयोग गरी निक्षेप राख्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाइ आव्हान गरेको हो ।
बैंकहरूहरुले घटिमा १० करोड र ५ करोडले निःशेष भाग जाने गरी कुल आह्वान रकम बराबरको रकम राख्न कबोल गर्नुपर्नेछ भन निक्षेपको ब्याजदर बोलकबोलबाटै तय हुनेछ । इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन दिनुपर्नेछ ।
बजारमा रहेको अधिक तरलताका कारण अन्तर बैंक ब्याजदर ३ प्रतिशतभन्दा तल तल झरेको छ । अन्तर बैंक ब्याजदरलाई करिडोरको ३ प्रतिशतको तल्लो सीमाभित्र राख्न स्थायी केन्द्रीय बैंकले निक्षेप सुविधा प्रदान गरेको हो।
बैंक तथा वित्तीय संस्थाले निक्षेप संकलन पर्याप्त गरेको तर कर्जा लगानी विस्तार हुन नसकेको कारण बजारमा अधिक तरलता रहेको छ ।
नेपालपत्र संवाददाता