गर्भमा संरक्षित छ
शान्तिमा रहेको
कति शान्त छ,
हामी यसलाई मनन गर्छौं
हामी यसको कदर गर्छौं।
अलि अलि गरी
हामीलाई द्वन्द्व थाहा छ,
नष्ट गर्ने भावना
जादुई सार
जुन हामी गर्भबाट पृथ्वीमा ल्याउँछौं।
जीवनको लागि जाग्दै गर्दा
सामाजिक नदीले हामीलाई
हिजोको समाजबाट नचाहेको,
विरासतमा पाएको
द्वन्द्वमा रहन बाध्य पार्छ।
प्रवाहलाई पछ्याउनु र
आफूलाई तानेर जान दिनु भनेको
तिम्रो अनुहारलाई तिम्रै सारमा परिवर्तित गर्नु हो।
आऊ, हामी आँखा घुमाऔं,
शान्त जीवनका लागि
शान्तिको चिन्तनमा
यो तिमि भित्रै छ,
आत्माको मोती!
स्पेनिश बाट नेपालीमा अनुवाद: कवि सन्तोष कुमार पोखरेल : जून २४, २०२४ भक्तपुर, नेपाल ।
पातृसिया पेनाल्भेर गालार्दो ग्रीसकी चर्चित कवयत्री र र्याप्सोडिस्ट हुन् । उनका भिडियोहरू मनमोहक हुने गर्छन् । असीम करुणाकी धनी सदा मुस्कुराइरहने पातृसिया अर्जेन्टिनी चेली हुन् । कवि पोखरेलका कविताहरूमा उनले भिडियो प्रस्तुति दिएकी छिन् ।