प्रभु बैंक लिमिटेडले जाजरकोटको खलंगामा आफ्नो शाखा सञ्चालनमा ल्याएको छ । शुक्रबारदेखि जाजरकोटको भेरी नगरपालिका(४ स्थित खलंगा बजारमा स्थापना गरेको बैंकको यो ३०७औं शाखा हो ।
व्यवसायिक सञ्जाल विस्तार गर्दै देशका विभिन्न ठाउँहरूमा शाखा कार्यालय सञ्चालन गरी सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रूपमा बैंकिङ सेवा पुर्याउने बैंकले शाखा थप गर्दै आएको छ। देशभरि नै बैंकिङ पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुग्ने बैंकको भनाइ छ ।
उक्त शाखामार्फत स्थानीय बासिन्दा, सर्वसाधारण, व्यवसायिक फर्म, कम्पनी तथा संघसंस्थाहरूले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतिमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।