शनिबार, आश्विन १७ गते २०८३

वित्तीय बजारबाट आज ५० अर्ब तान्दै राष्ट्र बैंक


आषाढ ६, २०८१ बिहीबार
वित्तीय बजारबाट आज ५० अर्ब तान्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले १४ दिने निक्षेप उपकरण जारी गर्दै वित्तीय बजारबाट ५० अर्ब निक्षेप उठाउने भएको छ । 

राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले असार ६ गते उक्त रकम बराबरको निक्षेप संकलन उपकरण बोलकबोल तथा निष्काशन सम्बन्धी सूचना गरेको हो । 

नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाले अनलाइनमार्फत २०८१ असार ६ गते बिहीबार मध्यान्न ३ बजेसम्म बोलकबोलमा सहभागी हुन पाउने छन् । उनीहरुले घटीमा १० करोड र बढीमा ५ करोडले भाग जाने गरी कुल निष्काशित रकम सम्म बोल गर्न सक्नेछन् । 

वित्तीय प्रणालीमा अधिक तरलता भएपछि राष्ट्र बैंकले पछिल्लाे समय नियमित रूपमा विभिन्न बैंकिङ उपकरणकाे प्रयाेग गरी रकम खिच्ने गरेकाे छ ।