शनिबार, आश्विन १७ गते २०८३

याङरिमा साकोसको १३औं वार्षिक साधारण सभा सम्पन्न

आश्विन ११, २०७८ सोमबार
याङरिमा साकोसको १३औं वार्षिक साधारण सभा सम्पन्न

 

याङरिमा बचत तथा ऋण सहकारी संस्थाको १३औं वार्षिक साधारण सभा सम्पन्न भएकोछ । सभाले जिल्ला सहकारी संघ काठमाण्डौका अध्यक्ष ज्ञानबहादुर तामाङको प्रमुख आतिथ्यता  सम्पन्न साधारणसभाले निर्मल कुमार बञ्जाराको अध्यक्षतमा नयाँ कार्यसमिति चयन गरेको छ ।

संस्थाको उपाध्यक्षमा जिमी लामा, सचिव पासाङ नुर्पु लामा, कोषाध्यक्षमा सानुबाबु गिरी र सदस्यहरुमा डिण्डु लामा, अनिता कुमारी लामा र सुनिता लामा रहेका छन् । त्यसैगरी लेखा सुपरीवेक्षण समितिको संयोजकमा शिवप्रसाद भण्डारी र सदस्यहरुमा विनिता चालिसे र नुर्पु डोल्मा लामा चयन भएका हुन् ।

सभामा अध्यक्ष बञ्जाराले प्रतिवेदन प्रस्तुत गर्दै २०६६ साल जेष्ठ २२ गते विधिवत् रुपमा दर्ता भई सहकारी मुल्यमान्यता र सिद्धान्त अनुरुप संस्था सञ्चालन हुँदै आएको बताए । संस्था नेफ्स्कुनले सञ्चालन गरेको कर्ब्स कार्यक्रममा आवद्ध रहेको र त्यसले संस्थालाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने उनले जनाए ।

संस्थाका कोषाध्यक्ष सानुबाबु गिरीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै आ. व. २०७७/७८ को असार मसान्तसम्म शेयरपुँजी २ करोड १९ लाख ५३ हजार, कोषहरु १ करोड १८ लाख ४७ हजार, बचत १४ करोड ९ लाख ९६ हजार र ऋण लगानी १३ करोड ३७ लाख ७६ हजार पुगेको जनाए । संस्थाको कुल वासलात १८ करोड १० लाख ३६ हजार पुगेको छ ।

संस्थाले सदस्यहरुबाट ससानो बचत संकलन गरी सदस्यहरुको आवश्यकता र माग  अनुसार ऋण लगानी गर्दै आएको छ । त्यसैगरी सदस्यहरुलाई सहकारी शिक्षा, रक्तदान, महिला सशक्तिकरण, सरसफाई, वृक्षारोपण जस्ता गतिविधिमा पनि संस्था सक्रिय छ भने सदस्यहरुलाई आइएमई, प्रभु, वेष्टर्न, हिमाल जस्ता रेमिट्यान्स सुविधाहरु प्रदान गर्दै आइरहेको छ । संस्थाले आफ्नै भवन बनाउने दीर्घकालिन लक्ष्य समेत अघि सारेको छ । 

yagrima 1.jpg