प्रभु बैंकले मुगुको गमगढीमा सेवा विस्तार गरेको छ । बैंकले मंगलबारदेखि मुगु जिल्लाको छायानाथ रारा नगरपालिका वडा नं २ गमगढीमा शाखा खोली सेवा सञ्चालनमा ल्याएको हो ।
बैंकको उक्त शाखाबाट स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले गुणस्तरीय बैंकिङ सेवा उपभोग गरी लाभान्वित हुने साथै उक्त क्षेत्रको समग्र आर्थिक उन्नतिमा उल्लेख्य भूमिका निर्वाह गर्नेछ भन्ने विश्वास बैंकले लिएको छ ।
बैंकिङ पहुँच अभिवृद्धिको अभियानमा प्रभु बैंक सधैं रहिरहने र सोमार्फत देशको आर्थिक विकासमा सकारात्मक टेवा पुग्ने अपेक्षा सरकारको छ ।
नेपालपत्र संवाददाता