शनिबार, आश्विन १७ गते २०८३

राष्ट्रिय वाणिज्य बैंकको शाखा काभ्रेको पाँचखालमा


आषाढ ४, २०८१ मंगलबार
राष्ट्रिय वाणिज्य बैंकको शाखा काभ्रेको पाँचखालमा

 

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले पाँचखालमा शाखा सञ्चालनमा ल्याएको छ । बैंकले बागमती प्रदेश काभ्रेपलाञ्चोक जिल्ला, पाँचखाल नगरपालिका वडा नम्बर ४, तामाघाट स्थित शाखा कार्यालय पाँचखाल विस्तार गरी सोमबारबाट कारोबार शुरू गरेको हो । यो सहित बैंकका शाखा कार्यालयहरुको संख्या २८८ पुगेको छ । 

देशका ७७ जिल्लाका सदरमुकाम सहित देशैभर रहेका २८८ शाखा कार्यालय, ३०५ एटिएम, ९९ वटा शाखा रहित बैंकिङ सेवा, ७१ वटा एक्स्टेन्सन काउण्टरबाट ग्राहकलाई सेवा प्रदान गर्दै आएको बैंकले जनाएको छ । 

त्यसका साथै विद्युतीय माध्यमहरु क्यूआर कोड, पीओएस, कनेक्ट आइपीएस, स्मार्ट क्युआर टेलर, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, क्रेडिट तथा डेबिट कार्ड लगायतबाट पनि बैंकले सेवा प्रदान गर्दैै आएको छ ।