शनिबार, आश्विन १७ गते २०८३

हिमालयन बैंकका दुई शाखा स्थानान्तरित


आषाढ ३, २०८१ सोमबार
हिमालयन बैंकका दुई शाखा स्थानान्तरित

 

हिमालयन बैंक लिमिटेडले थापाथलीमा शाखा सञ्चालनमा ल्याएको छ । सिभिल बैंकलाई प्राप्ति गरे पश्चात् नजिक भएका शाखा सञ्जालहरु मध्ये त्रिपुरेश्वर शाखालाई स्थानान्तरण गरी काठमााडौँ महानगरपालिका वडा नं ११, थापाथलीबाट आज असार २ गतेबाट थापाथली शाखाको नामबाट सम्पूर्ण बैंकिङ सेवा प्रदान गर्न थालेको हो । 

उक्त शाखाको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर राणाले गरे । त्यसैगरी बैंकले नारायणगढ शाखालाई पनि स्थानान्तरण गरी भरतपुर महानगरपालिका वडा नं १ मेन रोड नारायणगढ मेन रोड शाखा सञ्चालनमा ल्याएको छ ।  

बैंकले देशैभर १७४ शाखा, २० विस्तारित काउन्टर, २६४ एटिएम, ६,५०० भन्दा बढी पिओएस र १७,००० भन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरुबाट आफ्ना ग्राहकहरुलाई विभिन्न बंैकिङ्क सेवा प्रदान गर्दै आएको छ ।