असार महिनाका लागि अधिकांश वाणिज्य बैंकहरुले मुद्दती निक्षेपमा दिने ब्याजदर घटाएका छन्। ११ वटाले बैंकले ब्याजदर घटाएका छन् भने ३ ले बढाएका र ८ वटाले स्थिर राखेका छन् ।
हिमालयन, माछापुच्छ्रे र नबिल बैंकले भने ब्याज बढाएका छन् भने कृषि विकास, नेपाल बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा, प्रभु, सिद्धार्थ र स्ट्यान्डर्ड चार्टर्ड बैंकले ब्याजदर यथावत् राखेका छन् । असार महिनाका लागि मुद्दती खातामा औसत ६।८७ प्रतिशत व्याजदर कायम हुनेछ । जेठमा यस्तो व्याजदर ६।९९ प्रतिशत थियो भने बैशाखमा ७।०७ रहेको थियो ।
सबैभन्दा न्यून ब्याजदर कृषिविकास बैंकको रहेको छ । जुन ५।६६ प्रतिशत छ । सबैभन्दा बढी हिमालयन बैंकको ब्याजदर ८।२५ प्रतिशत रहेको छ ।