आइतबार, आश्विन १८ गते २०८३

ग्लोबल साउथ बिस्तार ब्रिक्सको महत्वपूर्ण उपलब्धी

जेठ ३०, २०८१ बुधबार
ग्लोबल साउथ बिस्तार ब्रिक्सको महत्वपूर्ण उपलब्धी


रुसको निझ्नी नोबोगोद शहरमा सम्पन्न ब्रिक्स देशहरुका बिदेशमन्त्रहरुको १० जूनमा सम्पन्न संयुक्त बैठकले ब्रिक्स बिस्तार र उलब्धीहरुको मूल्यांकन गर्दै यसले बहुध्रुबीय प्रकृयालाई गति दिएको तथा न्यायपूर्ण र समतामूलक अन्तर्राष्ट्रिय ब्यवस्थालाई बढावा दिएको उल्लेख गरेका छन् ।
सहभागीहरुले यो बैठक पछि जारी बक्तब्यमा भनेका छन् – ब्रिक्स सहयोग र अन्तर्राष्ट्रिय तथा क्षेत्रीय तातो क्षेत्रका मुद्दाहरूमा गहन विचारको आदानप्रदान भएको छ । सबै सदस्य देशहरुले ब्रिक्स संयन्त्रको महत्वपूर्ण भूमिका र यसको सदस्यता विस्तारका उपलब्धिहरूको उच्च प्रशंसा गरेका छन् । ब्रिक्समा धेरै भन्दा धेरै देशहरूको प्रवेशले विश्व बहु–ध्रुवीकरणको प्रक्रियालाई गति दिएको छ र अधिक न्यायपूर्ण र समतामूलक अन्तर्राष्ट्रिय व्यवस्थालाई बढावा दिएको छ ।
सहभागी सबै पक्षले बहुपक्षीयताको पालना, एकपक्षीयता र संरक्षणवादको विरोध, अन्तर्राष्ट्रिय वित्तीय संरचनाको सुधारलाई बढावा दिन, विश्वव्यापी शासनको वृद्धि र सुधार गर्न तथा विकासशील देशहरूको आवाज र प्रतिनिधित्व बढाउन आह्वान गरेका छन् ।
सबै पक्षले वार्ता र परामर्शको माध्यमबाट विवादको शान्तिपूर्ण समाधान गर्न र संकटको शान्तिपूर्ण समाधानका लागि अनुकूल सबै प्रयासलाई समर्थन गर्न पनि जोड दिए। उनीहरूले सबै प्रकारका आतंकबादप्ित शून्य सहनशीलताकाे नीति अबलम्बन गर्ने कुरामा पनि जाेड दिए ।
त्यस अवसरमा चीनका बिदेशमन्त्री वाङ यीले लाओसका उपप्रधानमन्त्री एवं विदेशमन्त्री सालेमसे कोमासिथ, रुसी विदेशमन्त्री सर्गेइ लाभारोभ, ब्राजिलका विदेशमन्त्री माउरो भिएरा, दक्षिण अफ्रिकाका विदेशमन्त्री नालेदी पान्डोर, इथियोपियाका विदेशमन्त्री ताये अत्सेसेलासी र इरानी कार्यवाहक विदेशमन्त्री अली बागेरी कानीसँग छुट्टाछुट्टै भेटवार्ता पनि गरेका थिए ।