नेपाल राष्ट्र बैंकले गएकाे २ दिनमा वित्तीय बजारबाट ८५ अर्ब रुपैयाँ खिचेको छ। बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि राष्ट्र बैंकले बैंकिङ उपकरणहरूको प्रयोग गरेर निक्षेप खिचेको हो । निक्षेप संकलनको औजार प्रयोग गरी ७० अर्ब र स्थायी निक्षेप सुविधा ९एसडीएफ० प्रयोग गरी थप १५ अर्ब रुपैयाँ तरलता प्रशोचन गरिएको हो ।
राष्ट्र बैंकका अनुसार जेठ २४ गते ४० अर्बको र २५ गते ३० अर्बको निक्षेप बोलकबोलका माध्यमबाट संकलन गरिएको छ । १४ दिनमा फिर्ता हुने ४० अर्बको निक्षेपका लागि ४४ अर्ब १० करोडको कबोल परेको थियो भने ३० अर्बका निक्षेप जारी गर्ने बेलामा बैंकहरु ३८ अर्ब ९५ करोड रुपैयाँ राख्न तयार थिए । उक्त निक्षेपमा न्यूनतम २.९८ प्रतिशत र अधिकतम ३.१५ प्रतिशत ब्याजदर बैंकहरूले पाउँछन् ।
आर्थिक मन्दीले बचजरमा सुस्तता आएकोले बैंकिङ कर्जा प्रवाह संकुचित भएको छ । त्यसले र्गदा केह िमहिना यता बैंकिङ प्रणालीमा अधिक तरलताको अवस्था विद्यमान रहेको छ । राष्ट्र बैंकले चालू आर्थिक वर्षमा ९ खर्ब ९६ अर्ब ८५ करोड रुपैयाँ बराबरको तरलता प्रशोचन निक्षेप संकलनमार्फत् गरिसकेको छ ।
नेपालपत्र संवाददाता