मंगलबार, कार्तिक ११ गते २०८३

शुभकामना साकोसद्वारा २४ औं स्थापना दिवसमा विविध कार्यक्रम आयोजना


जेठ २८, २०८१ सोमबार
शुभकामना साकोसद्वारा २४ औं स्थापना दिवसमा विविध कार्यक्रम  आयोजना

शुभकामना बचत तथा ऋण सहकारी संस्थाले खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको छ । संस्थाले २४ औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको हो ।

संंस्थाको सप्ताहव्यापी कार्यक्रमको चौथो दिन नासमना सेवा केन्द व्यवस्थापन उपसमितिको समन्वयमा नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखा र हार्ट एण्ड डाईबेटिक सेन्टरको प्राविधिक सहयोगमा रक्तदान तथा सुगर परीक्षण कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा २३ जनाले रक्तदान  गरेका थिए  भने ७२ जनाले सुगर परीक्षण गराएको संस्थाले जनाएको छ ।

संस्थाले २४औं स्थापना दिवसको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रमको पाचौं दिन बाल बचतकर्ताहरुलाई अवलोकन भ्रमण गराएको छ ।उक्त अवलोकन भ्रमणमा ६८ जना  बालबालिका सहित  ८१ जनाले नारायणहिटी राजदरवार संग्रहालयको अबलोकन तथा बालाजु २२ धाराको भ्रमण  गरेका थिए । 

447728569_7899388680156309_4657907207573315009_n.jpg

त्यसैगरी  शाताव्यापी कार्यक्रमको छैटौं  दिन महिला स्वास्थ्य (रजनोवृत्ति) सम्बन्धी अभिमुखीकरण कार्यक्रम आयोजना गरेको संस्थाले जनाएको छ । सिद्धिस्मृति महिला तथा बाल अस्पतालको सहजीकरणमा व्यासी सेवा केन्द्र कार्यालयमा महिला स्वास्थ्य (रजनोवृत्ति) सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिएको  हो। उक्त कार्यक्रममा महिला सदस्यहरुको सहभागिता रहेको थियो । संस्थाले आज एक औपचारिक कार्यक्रमको आयोजना गरी शाताव्यापी कार्यक्रम समापन गर्ने जनाएको छ । 

447451116_7902928866468957_8009882857987189159_n.jpg