एन आई सी एशिया बैंकले कर्जा चुक्ता गर्ने ग्राहकरुलाई छुट दिने भएको छ । आर्थिक शिथिलताका कारण बैंकका कर्जा ग्राहकहरुमा परेको असरलाई न्यूनीकरण गर्न सघाउ पु¥याउने हेतुले २०८० चैत्र मसान्त सम्ममा देहाय बमोजिमले भाखा नाघेका कर्जाहरुको हकमा सम्वन्धित ऋणीले सम्पूर्ण कर्जा रकम २०८१ ज्येष्ठ महिना भित्रमा चुक्ता भुक्तान गरेमा जरिवाना तथा हर्जाना रकममा शत प्रतिशत छुट दिने भएको हो ।
साधारण वक्यौता ब्याज रकममा भाखा नाघेकाे अवधिबमोजिम १५ देिख ३५ प्रतिशतसम्म छुट प्रदान गर्ने बैंकले जनाएको छ । बैंकले भाखा नाघको कर्जाका अवधि अनुसार साधारण ब्याजमा छुट दिने जनाएको छ । जस अनुसार ९१ दिनदेखि १८० दिनसम्म भाखा नाघेकालाई १५ प्रतिशत, १८१ दिनदेखि ३६५ दिनसम्म भाखा नाघेकोलाई २५ प्रतिशत र त्यसभन्दा माथिलाई ३५ प्रतिशतसम्म ब्याज रकम छुट दिने भएको हो ।