प्रभु बैंक लिमिटेडका ग्राहकले काठमाडौंको हिमाल हस्पिटलमा छुट पाउने भएका छन् । बैंकका ग्राहक तथा कर्मचारीहरुलाई काठमाडौं ज्ञानेश्वर स्थित हिमाल हस्पिटलका विभिन्न सेवामा विशेष छुट प्रदान गर्नेबारे सम्झौता भएको हो। हस्पिटलका तर्फबाट व्यवस्थापकीय निर्देशक नविन ताम्ली र बैंकका तर्फबाट प्रमुख बजार व्यवस्थापन अधिकृत रविन्द्र ढकालले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरे ।
सम्झौता अनुसार प्रभु बैंकका सम्पूर्ण ग्राहकहरु,कार्ड प्रयोगकर्ताहरु, कर्मचारी तथा कर्मचारीका पारिवारजनले हिमाल हस्पिटलमा उपचार सेवा लिँदा अन्तरङ्ग तथा बहिरङ्ग सेवामा ओपिडि टिकट बाहेक रेडियोलोजी, प्याथोलोजी, फार्मेसी, फिजियोथेरापी लगायतका सेवाहरुमा १० देखी २० प्रतिशत तथा शल्यक्रिया शुल्कमा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरुले प्रभु बैंक लिमिटेडको मान्य डेबिट कार्ड, क्रेडिट कार्ड तथा प्रिभलेज कार्ड मध्ये कुनै एक हिमाल हस्पिटलमा पेश गर्नुपर्ने बैंकले जनाएको छ ।
नेपालपत्र संवाददाता