शनिबार, आश्विन १७ गते २०८३

हिमालयन बैंकको विराटनगर शाखा स्थानान्तर गरी राेडशेष चाेकमा


जेठ २१, २०८१ सोमबार
हिमालयन बैंकको विराटनगर शाखा स्थानान्तर गरी राेडशेष चाेकमा

 

हिमालयन बैंकले विराटनगरको रोडशेष चोक शाखा सञ्चालनमा ल्याएको छ । सिभिल बैंकलाई प्राप्ति गरे पश्चात् नजिक भएका शाखा सञ्जालहरु समायोजन गर्ने क्रममा विराटनगर शाखा – २ लाई स्थानान्तरण गरी विराटनगर महानगरपालिका वडा नं १२ रोडशेष चोकमा सञ्चालनमा ल्याएको हो । 

बैंकको उक्त शाखाको उद्घाटन उद्योग वाणिज्य संगठन मोरङ्गका अध्यक्ष राकेश सुराणा तथा बैंककका कोशी प्रदेशका प्रदेश प्रमुख सन्तोष पराजुलीले गरेका थिए । 

हाल बैंकले १७४ शाखा, २० विस्तारित काउन्टर, २६४ एटीएम, ६,५०० भन्दा बढी पीओएस र १७,००० भन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरुबाट आफ्ना  ग्राहकहरुलाई विभिन्न बैंकिङ्क सेवा प्रदान गर्दै आएको छ ।