आइएमईले पर्व लक्षित दशैंमा डबलको डबलको डबल अफर अन्तरगत पहिलो साताको विजेता सार्वजनिक गरेको छ । सिस्टममा आधारित ‘लक्की ड्र’ मार्फत नतिजा सार्वजनिक गर्दा सेवाग्राहीद्वय क्रमशः केशव दमाई र विशाल अधिकारी विजेता घोषित भएका छन । पानीपोखरी काठमाडौंमा अवस्थित आइएमई केन्द्रीय कार्यालयमा गत शुक्रबार आयोजित फेसबुक लाइभ मार्फत उक्त नजिता सार्वजनिक गरेको थियो ।
उनीहरुले संयुक्त अरब इमिरेट्स (युएई) र कतारबाट अफर अवधिमा क्रमशः रू. ४१ हजार ५०७ र रू. ४८ हजार २० नेपालमा रहेका आफन्तलाई पठाएका थिए । अफर अनुसार आइएमईले वा निजको सिफारिसमा हरूका निकटका आफन्तलाई लाई क्रमशः ८३ हजार १४ र ९६ हजार ४० उपहारस्वरूप प्रदान गर्नेछ ।
आइएमईले सार्वजनिक गरेको पर्व लक्षित डबल डबलको डबल अफर यहीँ असोज १ देखि कार्तिक २६ सम्म ५७ दिनका लागि संचालनमा रहेकाे छ ।
अफर अनुसार विदेशबाट पठाइएको रकम आइएमईका ३५,००० भन्दा बढी एजेन्टहरु वा आइएमई पे मोबाइल वालेटमा प्राप्त गर्दा वा बैंक ट्रान्सफर गर्दा हरेक हप्ता दुई जनालाई पठाएको रकमको डबल, हरेक महिना दुई जना भाग्यशाली सेवाग्राहीहरुलाई पठाएको रकमको डबलको डबल (चौगुणा) तथा बम्परमा एक जना भाग्यशाली सेवाग्राहीलाई पठाएको रकमको डबलको डबलको डबलसम्म रकम पुरस्कार स्वरूप प्रदान गरिनेछ । साथै आइएमई पे मा रकम प्राप्त गर्दा रु २०० थप बोनसको व्यवस्था मिलाईएको छ ।