अर्थमन्त्री वर्षमान पुनले संसदमा आर्थिक सर्वोक्षण पेश गरेका छन् । आइतबार संसद् बैठकमा अर्थमन्त्री पुनले चालु आर्थिक वर्षको पछिल्लो ८ महिनाको तथ्यांकसहितको आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै चालु आर्थिक वर्षको आर्थिक बृद्धिदर ३.९ प्रतिशत हुने अनुमान गरिएको बताए ।
उनले आर्थिक सूचकमा सु समेत सुधार हुँदै गएको बताए । प्रतिव्यक्ति आय १ हजार ४५६ डलर पुग्ने अनुमान
गरेको मन्त्री पुनले बताए । राजस्व परिचालन ९ प्रतिशतले बढ्ने उनकोभनाई छ । आर्थिक सर्वेक्षण पेश गर्दै २०.२७ प्रतिशत जनता निरपेक्ष गरिबीको रेखा मुनि रहेको पुनले जानकारी दिए ।
हाल नेपालमा विद्युत जडित क्षमता ३ हजार ६० मेगावाट पुगेको, ९७ प्रतिशत जनतामा विद्युत पहुँच पुगेको, ४१.६९ प्रतिशत वन क्षेत्र रहेको अर्थमन्त्री पुनले बताए । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगीमाथि छानबिन समितिको माग गर्दै प्रदर्शन गरिरहँदा सभामुखले अर्थमन्त्री पुनलाई आर्थिक सर्वेक्षण सार्वजनिक गर्न अनुमति दिएका थिए ।
नेपालपत्र संवाददाता