नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ३५ अर्ब रुपैयाँ तान्ने भएको छ। तरलता व्यवस्थापन गर्न शुक्रबार केन्द्रीय बैंकले प्रणालीबाट रकम खिच्न लागेको हो । केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै जेठ महिनामा नै प्रणालीबाट रकम खिच्न लागेको यो पाँचौँ पटक हो।
निक्षेप लगातार बढ्दै गए पनि कर्जाको माग बढ्न नसक्दा अहिले बैंकिङ प्रणालीमा रकम थुप्रिएर रहेको छ। निक्षेप बढेसँगै बैंक तथा वित्तीय संस्थाको अन्तरबैंक ब्याजदर लामो समयदेखि ३ प्रतिशतभन्दा तल नै रहेको छ। अन्तरबैंक ब्याजदर ३ प्रतिशतभन्दा तल रहँदा राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न निक्षेप संकलन उपकरण प्रयोग गर्नुपर्ने हुन्छ।
यो १४ दिने निक्षेप संकलन उपकरणको जेठ २५ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।
नेपालपत्र संवाददाता