शनिबार, आश्विन १७ गते २०८३

राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृतमा देवेन्द्ररमण खनाल नियुक्त


जेठ १०, २०८१ बिहीबार
राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृतमा देवेन्द्ररमण खनाल नियुक्त

राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृतमा देवेन्द्ररमण खनाल नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको बैठकले खनाललाई सीईओमा अागामी चार वर्षका लागि नियुक्त गर्ने निर्णय गरेको हो । 

खनाल खुला प्रतिस्पर्धाबाट बैंकको सीईओमा नियुक्त भएका हुन् । वि. सं. २०६४ भदौमा बैंकमा आवद्ध भएका खनाल चार्टर्ड एकाउन्टेन्ट हुन् । उनले एमबीए पनि गरेका छन् ।

सोही बैंकको शाखा कार्यालय प्रमुख, प्रादेशिक कार्यालय, कर्जा लगायत विभिन्न विभागको जिम्मेवारीमा रहेका खनालसँग डेढ दशक बढी बैंकिङ क्षेत्रको अनुभव रहेकाे छ । पूर्व सीईओ किरण कुमार श्रेष्ठले अवकाश पाएपछि खनालले कामु सीईओको भूमिकामा रहेका थिए । 

बैंकको सीईओ छनोट तथा सिफारिस समितिले ५ जनाको नाम सर्टलिष्ट गरेर बुधबार अन्तवार्ताका लागि बोलाएको थियो । अन्तवार्ता पछि समितिले ३ जनाको नाम सञ्चालक समितिमा पेस गरेकोमा खनाल छनौट भएका हुन् । खुल्ला रूपमा सीईओका लागि आवेदन माग हुँदा १९ जनाकाे आवेदन परेकाे थियाे ।