नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले झापाको सदरमुकाम भद्रपुरमा शाखा विस्तार गरेको छ ।
बैंकले भद्रपुर नगरपालिकाकाे वडा नं ५ मा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । यो सहित बैंकको शाखा संख्या २७२ पुगेको छ ।
बैंकका प्रदेश प्रमुख राजिव गजुरेलले नयाँ शाखाको उद्घाटन गर्दै सो शाखाबाट ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सेवा तथा सुविधाहरु दिने जनाए ।
बैंकले देशभर अब २७२ शाखा कार्यालय, ६४ वटा एक्सटेन्सन काउन्टर, ८८ वटा शाखा रहित बैंकिङ र २६५ वटा एटीएमबाट ग्राहकहरूलाइ विविध वित्तीय सेवा दिइरहेको छ ।
नेपालपत्र संवाददाता