शनिबार, आश्विन १७ गते २०८३

महालक्ष्मी विकास बैंकको जेहेन्दार छात्रवृत्ति नन्दी माविका मण्डललाई


जेठ ९, २०८१ बुधबार
महालक्ष्मी विकास बैंकको जेहेन्दार छात्रवृत्ति नन्दी माविका मण्डललाई

महालक्ष्मी बैंकले नन्दी माध्यामिक विद्यालय नक्सालका छात्र सन्तोष कुमार मण्डललाई छात्रवृत्ति प्रदान गरेको छ । बैंकले ३० औं वार्षिकोत्सवको अवसर पारेर कक्षा दशमा अध्ययनका लागि स्वर्गीय लक्ष्मण बाबु श्रेष्ठ जेहेन्दार छात्रवृत्ति प्रदान गरेको हो । 

विभिन्न सातवटा वित्तीय संस्था मिलेर बनेको महालक्ष्मी विकास बैंकको प्रमुख संस्था तत्कालिन मनकामना विकास बैंकका संस्थापक अध्यक्ष स्व. लक्ष्मण बाबु श्रेष्ठको स्मृतिमा सो छात्रवृत्ति स्थापना भएको हो । मनकामना दर्शन प्रा.लि. का निर्देशक राजेश बाबु श्रेष्ठले विद्यालयका पदाधिकारीहरु र बैंक व्यवस्थापनको रोहबरमा छात्र सन्तोष कुमारलाई  ५० हजार रकमको छात्रवृत्ति उपलब्ध गराएका थिए । 

बैंकले आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्वका कार्यहरुलाई थप प्रभावकारी रुपमा निरन्तरता दिदैं जाने प्रतिवद्धता जनाएको छ ।