कैलाली जिल्लाको धनगढीमा मुख्य कार्यालय रहेको नवजीवन सहकारी संस्थाले वित्तीय विवरण प्रकाशित गरेको छ । संस्थाले बैशाख महिनाको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको हो ।
संस्थाले प्रकाशित गरेको विवरण अनुसार शेयर पुँजी २९ करोड ६३ लाख ७५ हजार,जगेडा कोष ४१ करोड १ लाख २९ हजार र विभिन्न कोषहरु ८ करोड २० लाख ६५ हजार रहेको छ । त्यसैगरी संस्थामा ५ अर्ब ९४ लाख ३३ हजार बचत रहेको छ भने ऋण लगानी ३ अर्ब ९९ करोड ९६ लाख ५७ हजार पुगेको छ । बैशाखसम्म संस्थामा ३१.८३ अर्थात १ अर्ब ५९ करोड ४२ लाख ७८ हजार तरलता रकम रहेको छ । ३४ हजार ३९ जना शेयर सदस्य रहेको संस्थामा ४ हजार ४८९ जना ऋणी सदस्य रहेका छन् । संस्थागत पुँजी ४३ करोड ३५ लाख ९७ हजार रहेको संस्थाको बैशाखसम्म ६ अर्ब ३७ करोड २० लाख ५७ हजार कुल सम्पत्ति रहेको छ ।
२०५० सालमा स्थापना भएको उक्त संस्थाले सदस्यहरुको आर्थिक तथा सामाजिक रुपान्तरणमा उल्लेख भूमिका खेल्दै आएको छ भने उनीहरुमा स सानो रकम बचत गर्ने बानीको विकास गर्नुका साथै आर्थिक रुपमा सबल बनाउन सदस्यहरुलाई सहज रुपमा ऋण लगानी गर्दै आएको छ । त्यसका साथै संस्थाले सदस्यहरुलाई सहज रुपमा वित्तीय सेवा प्रदान गर्ने उदेश्यले मोबाईल बैकिङ्ग सञ्चालन गरेको जनाएको छ ।