मंगलबार, कार्तिक ११ गते २०८३

ललितपुर बचत संघले कोषाध्यक्षको भूमिकालाई सकृय बनाउन गोष्ठी गर्दै


जेठ ८, २०८१ मंगलबार
ललितपुर बचत संघले कोषाध्यक्षको भूमिकालाई सकृय बनाउन गोष्ठी गर्दै

ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघले साकोस कोषाध्यक्ष गोष्ठी गर्ने भएको छ । संघले यही जेठ १८ र १९ गते दुईदिन जिल्लाका बचत तथा ऋण सहकारी संस्थाका कोषाध्यक्ष लक्षित गोष्ठी गर्न लागेको हो । 

सहकारी संस्थाको संस्थागत विकासका लागि आवश्यक विषयहरुलाई समेट्दै धुलिखेलको मिरावेल रिर्सोटमा २ दिने आवासिय साकोस कोषाध्यक्ष गोष्ठी २०८१ गर्न लागिएको संघका अध्यक्ष रामहरी बजगाईले  बताए । कतिपय सहकारीमा संचालकहरुले आफ्नो भूमिका नबुझेरपनि समस्या आइरहेकोले सहकारीमा कोषाध्यक्षको दायित्वका बारेमा जानकारी दिन गोष्ठीले महत्वपूर्ण भूमिका खेल्ने अध्यक्ष बजगाईको भनाई छ । संघले यसअघि अध्यक्ष तथा लेखा समितिका विषयमा गोष्ठी गरिसकेको र संस्थामा कोषाध्यक्षको निष्कृय भूमिकालाई सकृय बनाउन यो गोष्ठी आयोजना गरिएको उनले बताए । गोष्ठीमा नेपाल राष्ट्र बैंक, पूर्व अर्थ मन्त्रीलगायत विषय विज्ञबाट कार्यपत्र प्रस्तुत हुने र वृहतरुपमा छलफलको सेसन संचालन गरिने अध्यक्ष बजगाईले बताए ।

उनले न्यून शूल्कमा सिमित सहभागी राखेर प्रभावकारी कार्यक्रम गर्ने जनाए । सहकारीमा पहिलो पटक हुन लागेको सहकारीका कोषाध्यक्ष गोष्ठीमा संस्थाका कोषाध्यक्षहरुले यसको महत्व, कर्तव्य र जिम्मेवारीको विषयमा प्रष्ट हुने अपेक्षा गरिएको संघका प्रमुख कार्यकारी अधिकृत सन्तोष बजगाईले जानकारी दिए । 

संस्थामा रहेका पदाधिकारीले पदको जिम्मेवारीका बारेमा नबुझेर पनि समस्या आएको हुनाले गोष्ठीले ती कुरा चिर्न सफल रहने उनको विश्वास छ ।  गोष्ठीमा एकसय सहकारीका कोषाध्यक्षहरुमात्र सहभागी गराइने भएकोले सहभागी हुन समयमा नै नाम दर्ता गराउन पनि आग्रह गरे । उनले नाम दर्ता फारमको लागि संघको वेभसाइटबाट डाउनलोड गर्न सकिने छ ।