कोपोमिस प्रणालीमा आवद्ध हुन आलटाल गर्दै आएका सहकारी संंघ संस्थालाई सहकारी विभागले एक सूचना जारी गर्दै तत्काल आवद्ध हुन निर्देशन दिएको छ । विभागले २६ सहकारीलाई १५ दिन भित्र कोपोमिस प्रणालीमा आवद्ध हुन निर्देशन दिएको हो। विभागले बिहिबार एक सूचना जारी गर्दै विभागको नियमन क्षेत्राधिकारभित्र पर्ने ति संघ संस्थालाई कोपोमिसमा आवद्ध हुन भनेको हो।
सहकारी ऐन, २०७४ अनुसार सबै सहकारी संघसंस्थाहरुले विभागले तोकेको एकिकृत व्यवस्थापन सूचना प्रणामिसमा अनिवार्य रुपमा आवद्द भई विवरण प्रविष्ट गर्नुपर्ने उल्लेख छ । सरकारको आर्थिक वर्ष २०८१\८२ को नीति तथा कार्यक्रममा समेत महत्वका साथ उल्लेख भएको छ। यस विभागबाट पटक पटक निर्देशन हुँदा समेत विभागको नियमन क्षेत्राधिकारभित्र पर्ने तपसिलका संस्थाहरुले हालसम्म पनि उक्त प्रणालीमा आवद्द भई विवरण प्रविष्ट नगरेको विभगाले जनाएको छ ।
तोकिएको समयमा विवरण नगरेमा सहकारी ऐन, २०७४ को दफा ८८ बमोजिम संस्था खारेजीसम्मको कारवाही प्रक्रिया अगाडी बढाईने विभागले चेतावनी दिएको छ ।
कोपोमिसमा आवद्ध हुन अटेर गर्ने सहकारी संघ संस्थाहरु
नेपाल केन्द्रीय उपभोक्ता सहकारी संघ
नेपाल केन्द्रीय स्वास्थ्य सहकारी संघ
नेपाल विद्युत केन्द्रीय सहकारी संघ
नवलपरासी (बर्दघाट सुस्तापूर्व)को अरुणोदय बहुमुखी सहकारी
नवलपरासी (बर्दघाट सुस्तापूर्व) जनकल्याण बहुमुखी सहकारी
नवलपरासी (बर्दघाट सुस्तापूर्व) नारी कृषि सहकारी संस्था लि।
महिला उधमी उपभोक्ता सहकारी काठमाडौं
मेट्रो बचत तथा ऋण सहकारी काठमाडौं
सुनकोशी बहुउद्देश्यीय सहकरी फाइनान्स
पुष्पलाल मेमोरियल इनर्जीको अपरेटिभ
पुरन्धारा सामूदायीक बिद्युत सहकारी संस्था
रिघा मनेवा दरमखोला जलविद्युत सहकारी
अमोल कृषि सहकारी संस्था लि
शिलादेवी कृषि सहकारी संस्था लि
वाणी प्रकाशन सहकारी संस्था लि
श्री पूर्वाञ्चल बहुउद्देश्यीय सहकारी संस्था
उज्यालो स्यार्पु जल विधुत सहकारी संस्था
कामी बुढा स्मृति जन कृषि सहकारी संस्था
कामीवुढा स्मृती ग्रामिण जन विधुत सहकारी
भिजन कृषि सहकारी संस्था
मुसीकोट भाग्ले विधुत सहकारी संस्था
राप्ति समाज स्वास्थ्य सहकारी संस्था
शाई कुमारी पशुपालन सहकारी संस्था
हाम्रो वचत तथा ऋण सहकारी संस्था
मेघावी कृषि सहकारी संस्था लि
ग्रामिण स्वास्थ्य सेवा सहकारी संस्था