शनिबार, आश्विन १७ गते २०८३

जेठ महिनाका लागि राष्ट्रिय बाणिज्य बैंकद्वारा नयाँ ब्याजदर सार्वजनिक

जेठ १, २०८१ मंगलबार
जेठ महिनाका लागि राष्ट्रिय बाणिज्य बैंकद्वारा नयाँ ब्याजदर सार्वजनिक


राष्ट्रिय बाणिज्य बैंकले जेठ महिनाका लागि नयाँ ब्याजदर कायम गरेको छ । बैंकले जारी गरेको विभिन्न प्रकारका निक्षेपहरुमा दिइने नयाँ ब्याजदर प्रकाशित गरेको हो ।

बैंकले व्यक्तिगततर्फ साधारण तथा विशेष मुद्दती खातामा ६.४० प्रतिशत, रेमिटान्स मुद्दती खातामा ७.४० ब्याजदर कायम गरेको छ । त्यसैगरी संस्थागततर्फको मुद्दतीमा बैंकले ५.३५ प्रतिशत ब्याजदर कायम गरेको छ ।

त्यसैगरी बचत खातातर्फ भने बैंकले न्यूनतम ३.६५ देखि अधिकतम ४.६५ प्रतिशत ब्याजदर कायम गरेको जनाएको छ । राष्ट्रिय बाणिज्य बैंक रेमिटान्स बचत खातामा भने ५.६५ प्रतिशत ब्याजदर कायम गरेको छ ।