नबिल बैंक लिमिटेडले ३ अर्ब रूपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ। बैंकले ‘८५ नबिल डिवेन्चर २०८९’ नामक ऋणपत्र निष्कासनको लागि निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट बैंकिङ लिमिटेडलाइ नियुक्त गरेको छ ।
नबिल बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुङ्गाना र नेपाल एसविआई मर्चेण्ट बैकिङ्ग लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोखरेलले त्यससम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
बैंकले प्रति कित्ता १,००० रूपैयाँ दर अंकित मूल्यका ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो । वार्षिक ८ प्रतिशत ब्याजदर रहेको यो ऋणपत्रको अवधि ८ वर्षको नै रहेको छ ।