शुक्रबार, कार्तिक ७ गते २०८३

लेखा सुपरीवेक्षण समितिको राष्ट्रिय गोष्ठी सुरु

बैशाख २५, २०८१ मंगलबार
लेखा सुपरीवेक्षण समितिको राष्ट्रिय गोष्ठी सुरु


 नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि (नेफ्स्कून) को आयोजनामा  लेखा सुपरिवेक्षण समितिको दोश्रो राष्ट्रिय गोष्ठी सुरु भएको छ ।   काठमाडौंको सोल्टी होटलमा आजबाट सुरु भएको गोष्ठीको भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले  उदघाटन गरेका छन् । “संस्थागत सुशासन र सुरक्षणको प्रत्याभूतिः प्रभावकारी लेखा सुपरिवेक्षण समिति” भन्ने थिमका साथ  दोश्रो राष्ट्रिय गोष्ठी सुरु भएको हो । कार्यक्रममा बोल्दै राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष ओमदेवी मल्लले सहकारीमा सदस्यले आफ्नो भूमिका निर्वाह नगर्दा पनि सस्या सिर्जना भएको बताइन् ।

उनले सहकारीसँगै सहकारीका सदस्यले पनि सहकारप्रति अपनत्व लिनुपर्ने धारणा राखिन् । संस्थामा सञ्चालक समिति र लेखा समिति समानान्तर समिति रहेको  भए पनि  लेखा समितिलाई अवसर नदिएको  उनले बताइन । धेरै जिल्लाका सहकारीमा कुनै समस्या नभएको जानकारी दिदै उनले कतिपय सदस्यले डर र त्रासले पनि सदस्यले संस्थाबाट बचत फिर्ता माग्दा समस्या आएको मल्ले बताइन । 

 कार्यक्रममा स्वागत मन्तव्य राख्दै नेफ्स्कुनका वरिष्ठ उपाध्यक्ष दामोदर अधिकारीले यो गोष्ठीले सहकारीको स्वनियमनका लागि प्रभावकारी प्लेटफर्म बन्न सक्ने विश्वास व्यक्त गरे । उनले सहकारी लोकन्तत्रको पाठशाला भएको र लेखासुपरिवेक्षण समिति सहकारीको आँखा रुपमा हेरिएको चित्रण गरे । ‘सहकारीका सदस्यको बचतको सुरक्षाको प्रत्याभूति गराउनका लागि सुपरिवेक्षण समितिको भूमिका महत्वपूर्ण हुन्छ, त्यसका लागि पनि यो गोष्ठी आयोजना गरिएको हो, यो गोष्ठीले सहकारीको लेखा सुपरिवेक्षण समितिलाई थप बलियो बनाउन भूमिका खेल्नेछ’, उनले भने ।  अहिले सहकारी क्षेत्रले समस्या भोगिरहेको बताउँदै यो अवस्थामा सबैले हातेमालो गरेर जुझारुपनका साथ अगाडि बढ्नका लागि पनि यो कार्यक्रमको आयोजना गरिएको हो उनको भनाइ छ । सीप सिकाइलाई खर्चको रुपमा लिन नहुने पनि उनको भनाइ छ ।

यस्तै, उद्घाटन सत्रको समापन कार्यक्रममा बोल्दै नेफ्स्कुनका अध्यक्ष चन्द्रप्रसाद ढकालले अहिले पृथक ढंगले यो कार्यक्रमको आयोजना गरेको बताए । उनले यो गोष्ठीले सहकारीको वर्तमान समस्या समाधानका लागि महत्वपूर्ण भूमिका खेल्ने धारणा राखे । यो वर्ष सहकारी अभियानका लागि सुखद् वर्षका रुपमा चिनाउने किसिमले काम गर्ने उनले बताए । सहकारीको समस्या समाधान गर्न सबै पक्ष एकै ठाउँमा उभिनुको विकल्प नभएको उनको धारणा छ । लेखा समितिलाई सक्रिय बनाएर सदस्यको बचतको सुरक्षा गर्न र संस्थामा आन्तरिक सुशासन कायम गर्न गोष्ठीले सघाउने उनले जनाए । 

ASC Gosthi Opening (5) (2).jpg

 

  • सम्बन्धित विषय:

  • # नेपालपत्र संवाददाता