आई सी एशिया बैंकले कर्जाको ब्याजमा ३५ प्रतिशतसम्म ब्याज रकममा छुट दिने योजना ल्याएको छ । २०८० चैत्र मसान्त सम्म भाखा नाघेका कर्जाहरुको हकमा सम्वन्धित ऋणीले सम्पूर्ण कर्जा रकम २०८१ जेष्ठ महिना भित्रमा चुक्ता भुक्तान गरेमा जरिवाना तथा हर्जाना रकममा शत प्रतिशत छुट र साधारण वक्यौता ब्याज रकममा समेत १५ देखि ३५ प्रतिशतसम्म छुट दिने भएको हो।
भाखा नाघेकाे समयावधि अनुसार छुट बैंकले तय गरेकाे छ । ९१ दिनदेखि १८० दिनसम्मकाे भाखा नाघेकालाइ १५ प्रतिशत, १८१ दिनदेखि ३६५ दिनसम्म भाखा नाघेकालाइ २५ प्रतिशत र ३६५ दिनभन्दा बढि भाखा नाघेका ऋणीलाइ ३५ प्रतिशत ब्याज रकम छुट दिइने बैंकले जनाएकाे छ ।
बैंकले देशमा हाल कायम रहेको आर्थिक शिथिलताका कारण बैंकको कर्जा ग्राहकहरुमा परेको असरलाई न्यूनीकरण गर्न सघाउ पुर्याउने हेतुले यस्तो योजना ल्याएको जनाएको छ। मासिक तथा त्रैमासिक किस्ताबन्दीमा भुक्तानी हुने वा चालूपुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरू लगायत बैंकबाट प्रवाह भएका कुनै पनि प्रकारका कर्जाहरूमा आर्थिक शिथिलताका कारणले मर्कामा परेका ऋणीलेसे योजनाबाट लाभ लिन सक्ने बैंकले अपेक्षा गरेको छ ।
नेपालपत्र संवाददाता