शुभकामना साकोसलाई सूर्यविनायक नगरस्तरीय उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार २०८० बाट पुरस्कृत भएको छ । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि।को २०औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रम शुभकामना साकोसलाई उक्त पुरक्कार प्रदान गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि। (नेफ्स्कुन) अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रदान गरेको पुरस्का संस्थाका अध्यक्ष रामप्रसाद कासुलालाई ले ग्रहण गरेका थिए ।
भक्तपुरको सूर्यविनायकमा मुख्य कार्यालय रहेको र भक्तपुरकै ब्यासी र नासमनामा सेवा केन्द्र सञ्चालन गरिरहेको संस्थाले सदस्य र समुदायकेन्द्रीत भएर वित्तीय कारोबार गर्दै आएको छ ।
स्थानीय समुदायमा छुट्टै पहिचान कायम गर्न सफल संस्थाको गत चैत्र मसान्तसम्म कुल वासलात १ अर्ब ४१ करोड ७७ लाख माथि पुगेको छ । वित्तीय विवरण अनुसार संस्थाको शेयर पुँजी १० करोड ७४ लाख ८७ हजार र जगेडा कोष १४ करोड २७ लाखमाथि रहेको छ । त्यसैगरी कुल बचत १ अर्ब ४ करोड ४५ लाख, ऋण लगानी ९९ करोड ७६ लाख ४८ हजार रहेको छ ।