भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघले २० औं स्थापना दिवसको उपलक्ष्यमा “सहकारीमा देखिएका पछिल्ला चुनौती तथा समाधानका उपायहरु” विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । कार्यक्रमका प्रमुख अतिथि नेफस्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकालले केही समस्याग्रस्त सहकारीहरुलाई सहजीकरण गरी पुन संचालनको वातावरण बनाउन सबै लाग्नुपर्ने बताए । सहकारी ऐनमा भएका व्यवस्थाहरुको कार्यान्वयनमा ल्याउन सरकारले ऋण असुली न्यायधिकरण बैशाख मसान्त भित्र आउने तयारी गरिरहेको उनले जानकारी दिए ।
नेपाल राष्ट्र बैंक ऐन संशोधनले सहकारीको अनुगमन तथा सुपरिवेक्षणका लागि बाटो खुल्ला भएको भन्दै उनले समस्यासंगै समाधान पनि हुने भएकोले सकारात्मक सोचबाट छलफल तथा अन्तरक्रिया गरी निचोडमा पुग्नु पर्नेम उनको जोड थियो । संघका अध्यक्ष कृष्ष्ण गोविन्द लाखाजुको सभापतित्वमा भएको सो कार्यक्रमा उनले स्थापना दिवसमा संघको सबल, कमजोरी, चुनौती र अवसरको समिक्षा तथा विश्लेषण गर्नुपर्ने बताए । भक्तपुर जिल्लामा तुलनात्मक रुपमा अरु जिल्ला भन्दा कम मात्र सहकारी समस्या देखिन्नु, सहकारी ऐनमा संशोधनको प्रस्तावित व्यक्तिगत बचत २५ लाख सिमालाई हटाउन, तरलता बाणिज्य बैंकमा मात्र रहने व्यवस्थालाई हटाउन, मालपोतमा रोक्का दस्तुर हटाउन लयायतका कुरामा संघले खेलेको भूमिकको उनले प्रशंस्सा गरेका थिए ।
संघमा आबद्ध नभएका केही सहकारीहरुमा समस्या पर्नु, सहकारीका समस्या समाधानमा राष्ट्र बैंकले अंकुश लगाउने बातावरणको सिर्जना हुनु राम्रो पक्ष नभएको उनको भनाइ थियो । हालको चुनौतीलाई अवसरको रुपमा लिनुपर्ने विचार व्यक्त गर्दै ढकालले सहकारी संस्थाहरु पनि सामाजिक सुरक्षा कोषमा आबद्ध हुनुपर्नेर एनएफआरएसको पालना लगायतको व्यवस्था पालना गर्नु पर्नेमा उनको जोड थियो ।
संघका निर्वतमान अध्यक्ष राधेश्याम सुवालले समय सापेक्ष विषयमा अन्तरक्रिया कार्यक्रम सहित स्थापना दिवस मनाएकोमा खुशी व्यक्त गर्दै अहिले ऋण लगानी गर्दा पनि समस्या र ऋण लगानी नहुँदा पनि समस्या देखिएकोले यसले संस्था संचालनमा जटिलता थपेको बताए । संघका संस्थापक अध्यक्ष राजेन्द्र दुमरुले संघ स्थापनाको चर्चा गर्दै सहकारीमा वित्तीय क्षेत्रले मात्र बढी प्राथमिकता पाउँदा सहकारीका अवधारण र सिद्धान्तको बुझाइमा कमजोर रहेको जनाए ।
संघका उपाध्यक्ष हरि बल्लले स्वागत मन्तव्य दिर्दै सहकारीमा शुसासनको पालना नहुदाँ पछिल्ला समस्याहरु देखिएता पनि शुसासन पालना गराउने निकायले कार्वाहीमा तदारुकता नदेखाउँदा समस्या बढ्दै गएको उल्लेख गरे । स
बागमती प्रोस्कुनका प्रमुख कार्यकारी अधिकृत केशव प्रसाद दाहालले सहकारीमा देखिएका पछिल्ला चुनौती र समाधानका उपायहरु विषयमा कार्यपत्र प्रस्तुत गर्दै हालको परिस्थितीमा संस्थाले नाफालाई जोड नदिई सदस्य माझमा समस्याको निकाश खोज्नुपर्ने बताए । सर्ज आइ विजनेश सोलुशन प्रा.लि.का इश्वर पलिखेलले सहकारीले सम्बन्धीत निकायमा पठाउनु पर्ने प्रतिवेदन एकै क्लिकमा सबै निकायमा पठाउन, कर्जाको सूचना र संघबाट सदस्यको डिजिटल अनुगमन समेत गर्न सकिने गरी विकास गरेको सफ्वेयरको प्रस्तुतीकरण गरेका थिए ।
नेपालपत्र संवाददाता