शनिबार, आश्विन १७ गते २०८३

टाटाका गाडी किन्दा नबिल बैंकबाट ८० प्रतिशतसम्म कर्जा सुविधा पाइने


बैशाख १६, २०८१ आइतबार
टाटाका गाडी किन्दा नबिल बैंकबाट ८० प्रतिशतसम्म कर्जा सुविधा पाइने

 

नबिल बैंक र टाटा गाडीको आधिकारिक बिक्रेता सिप्रदीबीच ऋण उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर भएको छ । टाटाका गाडी खरिद गर्न इच्छुक हुने व्यक्ति तथा संस्थाहरूलाई सहज रूपले कर्जा प्रदान गर्ने विषयमा दुवैपक्षबीच सम्झौता भएको हो ।

सम्झौता अनुसार टाटा टियागो इभी खरिद गर्न चाहने खरिदकर्ताले नबिल बैंकको नेपालभरिका शाखाहरूमार्फत् ८० प्रतिशतसम्म सहज कर्जा प्राप्त गर्न सक्ने छन् । सम्झौता अनुसार टाटा टियागो इभी खरिद गर्न चाहने व्यक्ति वा संस्थाले नबिल बैंकका सबै शाखाबाट ९।९९ प्रतिशत ब्याजदरमा कर्जाको सुविधा पाउने छन् ।

टियागो इभी नेपालको विद्युतीय चारपांग्रे सवारी साधनको बजारमा सर्वाधिक बिक्री हुने ह्याचब्याक भएको बताइन्छ । हालसम्म यस गाडीका १,६०० भन्दा बढी सन्तुष्ट ग्राहकहरू रहेको र यो संख्या उल्लेख्य रुपमा वृद्धी भईरहेको कम्पनीले जानकारी दिएको छ । टियागो इभी अहिले ५।२९ लाख डाउनपेमेन्टमा नेपाल बजारमा उपलब्ध छ ।