तरलता बढेपछि नेपाल राष्ट्र बैंकले आज बैंक तथा वित्तीय संस्थाबाट ३५ अर्ब तरलता खिच्ने भएको छ । बैंकले १४ दिने निक्षेप संकलन उपकरण मार्फत वैशाख १३ देखि वैशाख २७ गतेसम्मका लागि ३५ अर्ब निक्षेप प्रशाेचन गर्न लागेको हो ।
राष्ट्र बैंकबाट इजाजत पाएका क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले निक्षेप संकलनको बोलकबोलका लागि आवेदन दिन सक्नेछन् । ती संस्थाले कम्तिमा १० करोड देखि सो भन्दा माथि ५ करोडले भाग गर्दा निशेष भाग जाने रकम ५० अर्बसम्मै बोलकबाेल गर्न सक्नेछन् ।

नेपालपत्र संवाददाता