शनिबार, आश्विन १७ गते २०८३

हिमालयन बैंककाे सीइओमा राणा, आगामी ४ वर्षका लागि पुनः नियुक्त


बैशाख १०, २०८१ सोमबार
हिमालयन बैंककाे सीइओमा राणा, आगामी ४ वर्षका लागि पुनः नियुक्त

हिमालयन बैंकले अशोक शम्शेर राणालाई आगामी ४ वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा पुनः नियुक्त गरेको छ। 

यस अघि बैंकमा प्रमुख कार्यकारी अधिकृत रहेका राणालाई बैंकले निरन्तरता दिएको हो । चैत २७ गते बसेको बैंक सञ्चालक समितिको बैठकले राणालाई वैशाख ९ गतेदेखि लागू हुनेगरी आगामी चार वर्षका लागि सीईओमा पुर्ननियुक्त गरेको जनाएको छ ।

हिमालयन बैंकमा नै १२ वर्ष प्रमुख कार्यकारीको रूपमा बिताइसकेका राणा वाणिज्य बैंकहरूमध्ये कार्यकारीको रूपमा सबैभन्दा लामो कार्यकाल पदमा रहेका छन् ।