एसियाली विकास बैंकले नेपालमा चालु आर्थिक वर्ष २०७८७९ को आर्थिक वृद्धिदर ४.१ प्रतिशत रहने प्रक्षेपण गरेको छ । बैंकले बुधबार सार्वजनिक गरेको प्रक्षेपण अनुसार नेपालमा यो वर्ष आर्थिक वृद्धिदर ४.१ प्रतिशत रहने छ ।
एडीबीका अनुसार घट्दै गएको कोभिड १९ संक्रमण र बढ्दै गएको आर्थिक गतिविधिले आर्थिक वृद्धिमा सहयोग पुग्नेछ । यस्तै पछिल्ला महिनामा निर्यात वृद्धि भएको तथ्यांकले घरेलु उत्पादन बढेको संकेत गर्ने एडीबीले जनाएको छ ।
कोभिड-१९ को घट्दो क्रम र आर्थिक गतिविधिमा भएको सुधारले आर्थिक वृद्धिमा सहयोग पुग्ने एडीबीले बताएको छ । यो वर्ष धेरै वर्षा भएका कारण कृषि उपज धानबालीले जीडीपीमा योगदान गर्ने एडीबीले जनाएकाे । पछिल्ला महिनाहरूमा निर्याततर्फ वृद्धि भएका तथ्यांक छन् ।