मंगलबार, कार्तिक ११ गते २०८३

चन्द्रागिरि साकोसको २३औं स्थापना दिवस, सदस्यको ब्यालेन्ससिट बढाउने प्रतिवद्धता


बैशाख ९, २०८१ आइतबार
चन्द्रागिरि साकोसको २३औं स्थापना दिवस, सदस्यको ब्यालेन्ससिट बढाउने प्रतिवद्धता

 

चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाले स्थापनाको २२औं वर्ष पुरा गरी २३ वर्षमा प्रवेश गरेको छ । स्थापना दिवसको अवसरमा संस्थाका सदस्य र समुदाय प्रतिको समर्पण, निष्ठा र उत्कृ‌ष्टताका साथ सेवा गर्ने प्रतिवद्धता व्यक्त गरेको छ । 

सहकारी क्षेत्रको छवि धमिलो हुँदै गइरहेको वर्तमान अवस्थामा आफ्‌नो सबल वित्तीय अवस्था, गुणस्तरीय सेवा र सदस्य सुविधाका विभिन्न कार्यक्रमहरुद्वारा यस संस्थाले आफ्‌नो बेग्लै पहिचान बनाउन संस्था सफल रहेको छ । वर्तमान अवस्थामा संस्थाको सदस्यता वृद्धि, बचत वृद्धि, न्यून ब्याजदरमा ऋण लगानी, निरन्तर सदस्य शिक्षा तथा विस्तारित मञ्चहरु सञ्चालन र सदस्यका धेरै सफलताहरु निर्माण गर्दै अगाडि बढेकोले संस्थाको सक्रियता र सदस्य केन्द्रीयतालाई पुष्टी गर्ने जनाएको हो।  सहकारी मूल्य र सिद्धान्त एवं सहकारी ऐन, नियमावली तथा मापदण्ड र निर्देशनहरुको परिपालनामा सदैव प्रतिवद्ध रहे संस्था सञ्चालन भएकाले संस्था सुशासकीय र वैधानिक उत्तरदायित्व परिपालनामा सम्झौता रहित कार्यान्वयनका पक्षमा रहेको छ ।

२५ जना व्यक्ति र २५ हजार पुँजी संकलनबाट स्थापना भएको यस सस्था आज २० हजार ३८४ जना सदस्यहरु छन् भने ३ अर्ब ५१ करोड रकम परिचालन मार्फत सदस्यहरुको वित्तीय आवश्यकता पुरा गर्न सफल भएको छ । संस्थाको ब्यालेन्ससिट भन्दापनि सदस्यहरुको व्यालेन्ससिट बढाउने, वित्ती य कल्याण मार्फत सदस्यहरुको जीवनयापनलाई सहज र सुव्यवस्थित बनाउने, बचत संगसंगै सदस्यको खुसी र समृद्धि पनि वृद्धि गर्न संस्थाको अबको लक्ष्य हुने जनाएको छ ।

अर्थतन्त्रमा थपिएका नयाँनयाँ चुनौतीले सृजना गरेका कठिनाईहरु होस् या सहकारी अभियान भित्र सृजना भएका नयाँ अवरोधहरु, यस सस्था सदेव एक असल सहकारी संस्था र सदस्यहरुको सारथी बन्ने अठोट जनाउँदै उत्कृष्ट व्यवस्थापन, गुणस्तरीय सेवा र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्डहरुको पूर्ण पालनामार्फत  सदस्यहरुको बचत र लगानीको पूर्ण सुरक्षाको ग्यारेण्टी गर्ने संस्थाले जनाएको छ ।