मंगलबार, कार्तिक ११ गते २०८३

शुभप्रवा सेभिङ्गकाे तरलतामा वृद्धि, ३५ प्रतिशत सदस्यमा ऋण लगानी


बैशाख ४, २०८१ मंगलबार
शुभप्रवा सेभिङ्गकाे तरलतामा वृद्धि, ३५ प्रतिशत सदस्यमा ऋण लगानी

शुभप्रवा सेभिङ्ग एण्ड क्रेडिट कोअपरेटिभ लि. को वित्तीय अवस्था मजबुत देखिएको छ । संस्थाले प्रकाशित गरेको चालु आर्थिक वर्षको चैत्र मसान्तको वित्तीय विवरण अनुसार संस्थाको वित्तीय अवस्था बलियो देखिएको हो । 

विवरण अनुसार संस्थामा पर्याप्त तरलता कायम रहेको  छ । चैत्र मसान्तमा संस्थामा २०.९ प्रतिशत अर्थात १० करोड ३ लाख ६५ हजार तरलता रकम रहेको प्रमुख कार्यकारी अधिकृत फडिन्द्र कुमार खड्काले बताए । फागुन मसान्तमा संस्थासँग १७.३२ प्रतिशत अर्थात् ८ करोड १६ लाख २१ हजार तरलता कायम थियो । पछिल्लो समय आर्थिक गतिविधिमा आएको सामान्य सुधार र सहकारीप्रति सदस्यको विश्वासले संस्थामा तरलता वृद्धि भएर गएको हो । 

संस्थामा यस अवधिमा ८ करोड ७६ लाख ५९ हजार शेयरपुँजी, ४ करोड ४३ लाख ८५ हजार जगेडा कोष, ४ करोड ५९ लाख ३४ हजार कुल संस्थागत पुँजी र ७ करोड ५३ लाख ८६ हजार विभिन्न कोषमा रकम रहेको छ । 

त्यसैगरी गरी सो अवधिमा संस्थाले ४९ करोड ९६ लाख १२ हजार बचत संकलन गरी ४६ करोड ७७ लाख ७३ हजार ऋण प्रवाह गरेको छ । संस्थाकाे कुल वासलात ७४ कराेड १९ लाख १६ हजार पुगेकाे छ।

संस्थामा १४६१ जना सदस्य रहेका छन् भने त्यसमध्ये ५२० जना सदस्यले ऋण लिएका छन् । कुल सदस्यमध्ये ३३ प्रतिशत सदस्यले ऋण उपभोग गरेको सहकारी संस्थाका लागि उपय सुरक्षित मानिन्छ । शुभप्रवामा ऋण उपभोग गर्ने सदस्यको संख्या ३५.५ प्रतिशत देखिएको छ । धेरै सदस्यमा ऋण प्रवाह हुँदा लगानी विविधिकरण हुनुका साथै ऋणी सदस्यको ऋणको भार पनि कम हुनुका साथै ऋण असुली चाप पर्दैन । संस्था सुरक्षित हुनका लागि आन्तरिक सुशासन सँगै सुरक्षित ऋण लगानी पनि मुख्य रहन्छ । संस्थाले धेरै सदस्यमाझ ऋण प्रवाह गरेकाले संस्था सुरक्षित रुपमा अगाडि बढेको देखाउँछ ।