शनिबार, आश्विन १७ गते २०८३

पोखराको नयाँ गाउँमा प्रभु बैंकको शाखा

बैशाख ४, २०८१ मंगलबार
पोखराको नयाँ गाउँमा प्रभु बैंकको शाखा

प्रभु बैंकले पोखरा महानगरपालिकाको नयाँगाउँमा ३०२औं शाखा सञ्चालनमा ल्याएको छ। 

बैंकको नयाँगाउँ शाखा कार्यालयको समुद्घाटन गर्दै बैंककी गण्डकी प्रदेश व्यवसाय केन्द्र अधिकृत शान्त शेरचन गौचनले बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँहरुमा शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरेको बताइन् ।

बैंकको उक्त शाखामार्फत् स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।

बैंकले देशभर ३०२ शाखा कार्यालय, २८५ एटीएम साथै ७० एक्सटेन्सन काउन्टरमार्फत् करिब ३१ लाख भन्दा बढि ग्राहकहरुलाई बैंकिङ एवं वित्तीय सेवा प्रवाह गर्दै आएको छ ।