बुधबार, भाद्र ३ गते २०८३

विरलै र अक्सर…............

चैत्र २३, २०८० शुक्रबार
विरलै र अक्सर…............

मर्जेता शत्रो रापाज
                    अल्बानिया
मेलोडीका स्वरहरू घुलेकाछन्
पूर्ण क्रोधको बयान जस्तै

ती जिद्दी दिमागका लागि,
प्रतीक को एक प्रमेय
विचारको जादू संग,
सूर्य र आकास जोल्ठिएका छन् 
मौनताको विघटनमा।
सिङ्ग भएका शैतानहरूसँग स्वर्गदूतहरूको भ्रममा,
चारदोबाटो जहाँ एक भ्रमको चंगुलमा डुब्छ मान्छे,
जीवनको उज्यालो खोज्दै,
यो पवित्र आत्मा र परमात्मा।
महानताको प्रेम को सरलता संग,
अनन्तको लागि कसम खाँदै
पत्रमा अक्षर कुद्छन् 
जहाँ अनगिन्ती सपना र भ्रमहरू बग्छन्
"स्वतन्त्रता" शब्दका प्रेरितहरू र संतहरूसित
स्वयंसँग अनन्त युद्धमा
क्रोधको आगोप्रती अचेत नभैकन,
गणनाको सट्टा स्थीर भएर,
इच्छाको पूर्ण विनाश बिना,
आँसुको भेलले बगाएका यादहरू बिनै
दोहोरो आयामको दर्शन बिना,
निर्दिष्ट मौनता निशुल्क छ,
अस्तित्वको अमूर्तता बिना।

तर जीवन अनुभव संग
भरिएको असमानता,
असमानता, सुख, दु:ख,
रहस्यमय क्रसवर्ड पजलहरू,
आत्मा रोएको प्रतिध्वनि,
समाधान, उत्तर खोज्दै,
निष्कर्ष र समापन।
उच्छ्वासको घडी
असंतुलन को लागि,
संवेदनशीलता र विचारहरूको
इलेक्ट्रोनको रूपमा मात्र व्यवहार गर्ने मानिसको,
तर अक्सर एक केटन वा एनियन को रूपमा
प्रेम र मृत्यु संग सांसारिकता को रहस्यवाद मा।

Santoshpokharel.jpg

अनुवाद: कवि सन्तोष कुमार पोखरेल नेपाल ।

मर्जेता शत्रो रापाजको जन्म जिरोकास्त्रमा भएको थियो । उनी समकालीन अल्बेनियन कविहरू मध्ये की एक हुन्। रापाजले ग्जिरोकास्त्र विश्वविद्यालयमा अल्बेनियन साहित्यको अध्ययन गरिन्। उनी ८ वटा कविता र एउटा गद्य पुस्तककी लेखक हुन्। फ्रान्समा फ्रान्सेली भाषामा दुई काव्य खण्डहरू प्रकाशित भएका थिए। एउटा काव्यात्मक खण्ड अंग्रेजी र स्पेनिशमा प्रकाशित भएको थियो, र पछिल्लो संस्करण 5 भाषाहरूमा प्रकाशित भएको थियो: अल्बेनियन्, अंग्रेजी, फ्रेन्च, इटालियन र जर्मन। उनका कवितामा कल्पना र यथार्थको मिश्रण छ । 2019 मा, उनले काव्यात्मक खण्ड "वेस्टा" को लागि संयुक्त राज्य अमेरिका र क्यानडामा अल्फोन्सो जी न्यूकमर पोएट्री ट्रेन अवार्ड र बुल्गेरियाको कविता महोत्सवमा प्रथम पुरस्कार प्राप्त गरेकी थिइन् ।

Works

"Within the Sea of my Eyes" poems (2016)
"Migration at Dusk" poems (2017)
"Shimmering Seagulls" prose (2017)
"To Always Be God's Smile" poems (2018)
"Nerthus" poems (2018) in French (2019)
"Vesta" poems (2019)
"Hestia" poems (2019)
"Far from Illusions" poems in 5 languages (2020)

Translations

"Espalier in the Wind" poems (2020)
"Poems" (2020)
"Poetic Melodies" poems (2020)
"Whisper of Another World" poems (2020)
"Fleeting Whispers" poems (2021)
"From One Encounter to Another" prose (2021)
"Letters of Silence" poems (2021)
"The Return of Prometheus" poems (2021)
"The Indifferent Destiny" poems (2021)