शनिबार, आश्विन १७ गते २०८३

सिटिजन्स बैंकको सहयाेग रक्षा नेपाललाई

चैत्र १९, २०८० सोमबार
सिटिजन्स बैंकको सहयाेग रक्षा नेपाललाई

सिटिजन्स बैंक इन्टरनेसनलले रक्षा नेपाल नामक संस्थालाई सहयोग प्रदान गरेको छ । आइतबार एक समारोहका बीच रक्षा नेपालमा शरण लिइ बसेका महिला तथा बालबालिकाहरुको लागि दैनिक उपभोग्य खाद्यान्न लगायत अन्य आवश्यक सामग्री हस्तान्तरण गरेको हो । 

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले रक्षा नेपाल जस्ता संस्थाहरुले गर्दा नै समाजप्रति महिलाहरुको अधिकार र मर्यादा कायम रहेको भन्दै संस्थागत उत्तरदायित्व बहन अन्तर्गत यस्ता गतिविध गर्दै जाने प्रतिवद्धता जनाए । 

रक्षा नेपालले यौन शोषणमा परेका बालिका, महिला र उनीहरुका बालबालिका, विशेष गरी बेचबिखन र यौन हिंसाको जोखिममा परेका बालबालिकाको सुरक्षाका लागि कानुनी सहयोग एक आत्मनिर्भरको प्रयास गर्दै आएको छ । यसको मुख्य लक्ष्य महिला र युवतीहरूलाई उनीहरूको ज्ञान, चेतना र सामाजिक आर्थिक स्थिति बढाएर बेचबिखन र यौन हिंसाबाट बचाउनु रहेको छ ।

बैंकले हाल १९० वटा शाखा, १५२ वटा एटीएम र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरु बाट १७ लाख २६ हजार ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।