शनिबार, आश्विन १७ गते २०८३

प्रभु बैंकसँगको सहकार्यमा बागलुङ नगरपालिकाले शुरू गर्‍यो  “नगरकी छोरी” योजना

चैत्र १९, २०८० सोमबार
प्रभु बैंकसँगको सहकार्यमा बागलुङ नगरपालिकाले शुरू गर्‍यो  “नगरकी छोरी” योजना

 

प्रभु बैंकसँगको सहकार्यमा बागलुङ नगरपालिकाले “नगरकी छोरी” नामक विशेष कार्यक्रम शुरू गरेको छ। छोरीहरूले भोग्नु परेको सामाजिक विभेदको अन्त्य, बाल विवाहको उन्मुलन तथा विशेष संरक्षण प्रदान गर्न र छोरीहरूलाई शिक्षित र स्वावलम्बन बनाउने लक्ष्यका साथ प्रभु बैंकसँगको सहकार्यमा नगरपालिकाले “नगरकी छोरी” कार्यक्रम आइतबारबाट शुभारम्भ गरेको हो ।

नगरपालिकाको तर्फबाट प्रशासकीय अधिकृत हरिदत्त कँडेल र बैंकका तर्फबाट बागलुङ शाखा प्रबन्धक सामर्थ उप्रेतीले “नगरकी छोरी” कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौतामा हस्ताक्षर गरे  हुन् । बागलुङ नगरपालिका वडा नं। २ की अदिति क्षेत्रीको नाममा एक मुद्दती खाता खोली “नगरकी छोरी” कार्यक्रमको शुभारम्भ गरिएको हो ।

“नगरकी छोरी” कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता बमोजिम २०८० आषाढ १ गतेपश्चात् बागलुङ नगरपालिकाको क्षेत्रभित्र जन्मिएका प्रत्येक छोरीको नाममा २० वर्षको अवधिको लागि एक मुद्दती खाता खोलिनेछ । बागलुङ नगरपालिकाको सिफारिसका आधारमा बैंकको शाखा कार्यालयमा खोलिने उक्त मुद्दती खातामा नगरपालिकाको तर्फबाट एकमुष्ट ५ हजार रुपैयाँ जम्मा गरिनेछ ।

बैंकले मुद्दती खातामा प्रदान गर्ने प्रकाशित ब्याजदरको उच्चतम ब्याजदर प्रदान गर्नेछ । यसरी खाता खोलिएका छोरीको खातामा अभिभावकहरुले ईच्छानुसार थप रकम जम्मा गर्न पाउने छन् । २० वर्षपश्चात् सम्बन्धित व्यक्ति ९छोरी०ले उक्त खातामा जम्मा भएको रकम झिक्न पाउने कार्यविधि बनाई सञ्चालनमा ल्याईएको हो ।