शनिबार, आश्विन १७ गते २०८३

बहुउद्देश्यीय सहकारी संस्थाको नगर समन्वय समिति गठन, को-को छन् समितिमा

आश्विन ५, २०७८ मंगलबार
बहुउद्देश्यीय सहकारी संस्थाको नगर समन्वय समिति गठन, को-को छन् समितिमा

काठमाडौं जिल्ला बहुउद्देश्यीय सहकारी संघले काठमाडौं महानगरपालिका भित्र रहेका बहुउद्देश्यीय सहकारी संस्थालाई समेटेर ११ सदस्यीय नगर समन्वय समिति गठन गरेको छ । 

समितिमा साना वित्त विकास बहुउद्देश्यीय सहकारीका व्यवस्थापक दुत राज लामा, उपलब्धी बहुउद्देश्यीय सहकारीका प्रतिभा निरौला, मध्य मस्र्याङदी बहुउद्देश्यीय सहकारीका अध्यक्ष इन्द्रकुमार राई, आधारभुत बहुउद्देश्यीय सहकारीका सविना वाग्ले, बरुण बहुउद्देश्यीय सहकारीका व्यवस्थापक धनबहादुर खत्री रहेका छन् । 

त्यस्तै, अभियान बहुउद्देश्यीय सहकारीका वासुदेव खत्री, चाईना ट्रेड बहुउद्देश्यीय सहकारीका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र श्रेष्ठ, शुक्रपथ बहुउद्देश्यीय सहकारीका प्रमुख कार्यकारी अधिकृत मधुकर वाग्ले, हितकारी बहुउद्देश्यीय सहकारीका कार्यकारी प्रमुख दिप नेपाल र सद्भाव बहुउद्देश्यीय सहकारीका सचिव विदुर हुँमागाई समितिमा रहेका छन् । समितिको पहिलो बैठकबाट संयोजक तोकिने जनाएको छ ।
जिल्ला बहुउद्देश्यीय सहकारी संघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघका सचिव माधव तिमिल्सिनाले सहकारीले ठूला परियोजना सञ्चालन गर्न सक्ने धारणा राखे । बहुउद्देश्यीय परियोजना बनाएर सहकारीले काम गर्न चाहेको उनको भनाइ छ । ‘उत्पादनमा काम गर्न कम्पनीमै जानुपर्ने बाध्यता छ’,उनले भने,‘कानुनी अड्चन नहटाइ उत्पादनमा जान सकिदैँन ।’

photo.jpg

काठमाडौं जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष मनोज थापा मगरले सहकारीले बहुउद्देश्यीय काम गर्नुपर्नेमा जोड दिए । सहकारीले बचतमा मात्र सीमित नभई विभिन्न प्रकृतिका बहुउद्देश्यीय काम गर्न सकिने उनले बताए ।

उपाध्यक्ष लक्ष्मीप्रसाद संर्गौलाले मुख्य कारोबारको प्रावधानले बहुउद्देश्यीय सहकारी मारमा परेको बताए । काठमाडौैंमा कृषि तथा कृषिजन्य उद्योग खोल्न सकिने, गार्मेन्ट सञ्चालन गर्न सकिने, कृषिलगायत विभिन्न परियोजना सञ्चालन गर्न सकिने बताए । अन्तर सहकारी कारोबारको प्रावधानले सहकारीमा जोखिम बढ्न सक्ने उनले कथन थियो ।

संघका पूर्व अध्यक्ष तुलसीप्रसाद सापकोटाले संघलाई बलियो बनाउँदै कारोबारलाई विशेष जोड दिइएको बताए । कार्यक्रममा प्रशिक्षक कृष्णप्रसाद आचार्यले कार्यपत्र प्रस्तुत गरेका थिए ।